Social Service Unit icon

नेपालको संविधान २०७२,धारा ३५को उपधारा (१) “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन”संविधानको यहि प्रावधानलाई सम्वोधन गर्न समाजमा सामाजिक वा आर्थिक रुपले शिक्षा, स्वास्थ्य र रोजगारीको मूलधारबाट पछाडिपरेकाहरुका लागि आकस्मिक स्वास्थ्य सेवामा पहँुच पु–याउँदै विशेष सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सहज, सरल र निस्शूल्क प्रदान गर्न वान्छनीय भएको र जनस्वास्थ्य सेवा ऐन(२०७५ दफा ६४ को व्यवस्था अनुरुप पनि नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतीगत, संरचनागत, श्रोतगत व्यवस्था गरि राष्ट्रिय ट्रमा सेण्टरमा सामाजिक सेवा एकाईको व्यवस्था गरिएको छ ।

लक्षित समुहका विरामीहरुलाई स्वास्थ्य सेवामा समतामूलक पहँुच एवम उपयोग अभिवृद्धि गर्ने, निस्शूल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरु उपलब्ध गराउने, स्वास्थ्य विमा, विपन्न नागरिक औषधो उपचार कोष, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, गरिव तथा विपन्न वर्गका लागि निस्शूल्क आकस्मीक सेवा लगायत सवै स्वास्थ्य सुरक्षा कार्यक्रमहरुको संयोजन एवम् सहजीकरण गर्ने उद्येश्यले संघिय, प्रादेशिक, जिल्ला, सामुदायिक, निजि तथा शिक्षण अस्पतालहरुमा स्थापित संस्थागत व्यवस्था नै सामाजिक सेवा एकाई हो ।

१..सामाजिक स्वास्थ्य सेवा सुरक्षा कार्यक्रम

राष्ट्रिय ट्रमा सेण्टरमा मिति २०७३।१०।१०मा सामाजिक सेवा एकाई स्थापना भई हाल सामाजिक सेवा एकाई (स्थापना तथा सञ्चालन)निर्देशिका २०७९ वमोजिम सामाजिक सुरक्षाका सवै कार्यक्रमहरु एकिकृत रुपमा एकद्वार प्रणालीबाट प्रभावकारी रुपमा सन्चालन हँदै आईरहेको छ । अस्पतालमा अन्यत्रबाट रिफर भै आएका र सोझै ओ.पि.डि,.आकस्मिक कक्षमा आएका साथै भर्ना भएका निर्देशिकाले तोके वमाजिमका लक्षित वर्गका विरामीलाई आंशिक वा पूर्ण छुटमा स्वास्थ्य सेवा सुविधामा सहुलयत उपलब्ध गराईँदै आएको छ ।

लक्षित वर्ग भन्नाले १.गरिव,.२.असहाय, ३.अपांगता भएका व्यक्ति(परिचय पत्र वाहक),४.ज्येष्ठ नागरिक (परिचयपत्र वाहक), ५.लैगिक हिंसा पिडित (वालवालिका समेत), ६.गरिव तथा विपन्न आकस्मिक विरामी, ७. विपद एवम् प्राकृतिक प्रकोप (महामारी, भुकम्प, वाढीपहिरो, आगलागि) आदीबाट पिडित, ८.सिमान्तकृत तथा लोपोन्मुख आदीवासी जनजाती, ९.म.स्वा.स्व.से.(परिचयपत्र वाहक), १०.कुपोषित वालवालिका, ११.प्रहरीले ल्याएका थुनुवा विरामी, १२.शहिद परिवार ।

पूर्ण तथा आंशिक छ्ुट सहु्लियत पाएका

लक्षित समूहका विरामीहरुको नामावली

तथा

विपन्न नागरिक औषधोपचार कोष स्कीम

(स्पाईनल इन्ज्यूरी,हेडइन्ज्यूरी तथा वोन क्यान्सर)

सेवा लिएका विरामीहरुको नामावली

..........महिनाको