राष्ट्रिय ट्रमा सेन्टरको संचालन समयदेखि नै फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ । विभिन्न कारणले चोटपटक लागेका बिरामीको कार्यक्षमता प्राप्ति र बृद्धि गर्नका लागि र विभिन्न कारणले हाड जोर्नी तथा मांसपेशीको दुखाई कम गर्न फिजियोथेरापी सेवा अति प्रभावकारी सावित भएको छ । २०७२ सालको भुकम्पको बेला शुरुवात भएको फिजियोथेरापी सेवा समयानुसार र बिरामीको बढदो चाप अनुसार फिजियोथेरापी सेवा पनि विस्तार हुँदै गएको छ ।
हाल फिजियोथेरापी सेवा हाल बहिरंग र अन्तरंग सेवा (OPD, IPD, Emergency, ICU) मा प्रदान गर्दै आएको छ। फिजियोथेरापी सेवा प्रदान गरिएका बिरामीहरु मध्ये हात, खुट्टा, मेरुदण्ड र टाउकोमा चोट लागेर शल्यक्रिया गरेका बिरामीहरु, ढाड दुख्ने, घुँडा दुख्ने, गर्दन दुख्ने , कुर्कुच्चा दुख्ने, जलन लगायतका बिबिध समस्याहरु अत्याधिक मात्रामा पर्दछन् ।
यस सेन्टरमा बिरामीको अत्याधिक चाप, बिभिन्न अप्रेसनको लागि प्रतिक्षारत बिरामीहरुको संख्या अत्याधिक भएको र पुनसर््थापना शैय्या नछुट्टाइएको कारणले बिरामीलाई लामो समयसम्म भर्ना गरेर फिजियोथेरापी र पुनसर््थापना सेवा प्रदान गर्न असमर्थ छ ।
२०७७ सालमा पुनसर््थापना सेवा सम्बन्धि पुनर्स्थापना डाटासेत स्वास्थ्य सुचना ब्यबस्थापन प्रणाली HMIS(Health Management Information System) मा समाबेश भएसँगै फिजियोथेरापी सेवाको मासिक प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुचना ब्यबस्थापन प्रणालीमा ( HMIS) बुझाउन थालिएको हो ।
कुष्ठरोग नियन्त्रण तथा अपांगता ब्यबस्थापन शाखाको नेतृत्वमा USAID को सहयोगमा Physical Rehabilitation Activity अन्तर्गत Handicap International द्वारा प्रदान गरिएको उपकरण प्रयोग गरेर यस सेन्टरमा टेलिरिहाबिलिटेसन (Telerehabilitation) सेवा २०२३ अप्रिल देखि प्रदान गर्न थालिएको हो ।
देशको एकमात्र केन्द्रिय ट्रमा सेन्टर भएको हुनाले चोटपटक पछिको पुनसर््थापना सम्बन्धि नीति निर्माणमा महत्वपूर्ण भूमिका समेत खेल्दै आएको छ । हाल यस विभागमा ९ जना फिजियोथेरापिस्टहरु कार्यरत छन् ।
BPT, MPT
Bachelor in physiotherapy (BPT), CMT
Master Of Physiotherapy (Musculoskeletal and Sports)
Masters in Physiotherapy ( Neurology)
Bachelor in physiotherapy from Kathmandu University school of medical sciences