• २०८१ मंसिर ६  बिहिवार
  • Thursday 21 Nov 2024
  • English flag English
  • Nepali flag Nepali

पृष्ठभूमि icon

विश्वमा सबैभन्दा पहिले संयुक्त राज्य अमेरिकामा सन् १९८० तिर ट्रमा (आघात) उपचारको लागि छुट्टै अस्पतालको स्थापना भए सँगै ट्रमा अस्पतालको अवधारणा विकास भएको हो । कम्तिमा १० लाख जनसंख्या

भएको शहरमा सुविधा सम्पन्न एक आधुनिक ट्रमा अस्पताल हुनु पर्ने विश्वस्वास्थ्य संगठनको अवधारणा सँगै नेपालमा पनि दैवि विपत्ति, प्राकृतिक प्रकोप, आकष्मिक दुर्घटना, हिंसा वा यस्तै अन्य कारणले घाईते भएका विरामीलाई उपचार गरी सामान्य अवस्थामा फर्काउने/नसर््थापना गर्ने मुख्य उद्देश्य राखी दक्षिण एसियामै नमुना सेन्टर बनाउने सोचका साथ नेपालका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले र भारतका तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालले संयुक्त रुपमा वि.सं. २०५४ साल जेठ २४ गते शिलान्यास गर्नु भएको थियो । सिलान्यास भएको करिव १७ वर्ष पछि वि.सं. २०७१ मंसिर ९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालका तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई हस्तान्तरण गरे पश्चात औपचारिकरुपमा यस सेन्टरको संचालनमा आएको हो ।

ट्रमा सेन्टरलाई स्वास्थ्य मन्त्रालय मातहत लगेर २०६९ कार्तिक १६ देखि नै निर्देशक नियुक्ति गरिए पनि जनशक्ति लगायत अन्य आवश्यक तयारी नहुँदा पूर्ण रुपले संचालनमा आउन नसकेको केन्द्र २०७२ सालको भुकम्प पश्चात् आकस्मिक ट्रमा उपचारका लागि अपरेशन सहित पूर्णरुपले संचालनमा आएको हो । ट्रमा सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्ने नेपालको एकमात्र केन्द्रीय रिफरल अस्पतालको रुपमा रहेको राष्ट्रिय ट्रमा सेन्टरको

दशौ बार्षिकोत्सवको सुखद उपलक्ष्यमा यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

करिव ११ रोपनी जग्गामा बनेको राष्ट्रिय ट्रमा सेन्टरको ९ तले अत्याधुनिक र सुविधासम्पन्न भवनमा २०० शैयाको पूर्ण क्षमतामा अर्थो, न्यूरो, स्पाईन, वर्न र प्लाष्टिकसम्बन्धी ७७ जिल्लाका दैनिक ३५० जना भन्दा बढि विरामीलाई बहिरंग सेवा सहित सरदर २० देखि २५ जना विरामीको शल्यक्रिया गर्दै आएको छ । भवनको अन्डरग्राउन्डमा गाडी

पार्किङ, अपर बेसमेन्टमा हाउसकिपिङ, लण्ड्रि, फोहोरमैला व्यवस्थापन, मर्मत संभारको कार्यालय र भुईंतलामा आकस्मिक सेवा, बहिरंग सेवा, सामान्य शल्यक्रिया, एक्स रे, ब्लड बैंक, प्रयोगशाला नमूना संकलन सेवा उपलब्ध छन् । यसैगरी पहिलो तलामा बहिरंग सेवा, परामर्श र फलोअप जाँच, सिटी स्क्यान र डेक्सा स्क्यान सहितको रेडियोलोजी विभाग, प्याथोलोजी विभाग, सामाजिक सेवा ईकाई, फिजियोजेरापी विभाग लगायतको सेवा प्रवाह गरिरहेका छन् । दोस्रो तलामा आईसीयू, एचडियू र शल्यक्रिया कक्ष छन् । भवनमा ११ आईसीयू बेड, ८ वटा एचडियु बेड, ५ मुख्य शल्यक्रिया कक्ष र १ सामान्य शल्यक्रिया कक्ष छन् । तेस्रो तलामा सेन्टरको प्रशासनीक सेवा, साथै चौथो तलामा अर्थो–ट्रमा वार्ड, पाँचौं तलामा न्यूरो–स्पाईन लगायतका वार्डहरु रहेका छन् । यस्तै छैठौं तलामा वर्न–प्लाष्टिक, म्याक्जोफेसियल एण्ड डेन्टल र ईएनटी वार्ड सञ्चालित छन् । सेन्टरमा मुख्यत: हाडजोर्नी र ट्रमा इन्जुरीसँग सम्बन्धित बिरामीको अत्याधिक चाप रहेको छ । आर्थिक वर्ष २०७९/८० को तथ्यांक अनुसार उपचारमा आएका मध्ये घुँडा र खुट्टाको समस्या करिब २७ प्रतिशत छ भने हेड इन्जुरी करिब १२ प्रतिशत छ । सेन्टरमा आइपुग्ने मध्ये ५६ प्रतिशत विभिन्न स्थानबाट लडेका ट्रमाका बिरामी छन् भने ३० प्रतिशतसडक दुर्घटनामा परेका सेवाग्राही छन् । ट्रमा सेन्टरले गरेका शल्यक्रियामध्ये ४८ प्रतिशत जटील शल्यक्रिया हुने गरको छ ।

मिशन

हाम्रो मिशनको मुटुमा चिकित्सा ज्ञानलाई अगाडि बढाउने र आघात हेरचाहका मापदण्डहरूलाई पुन: परिभाषित गर्ने अटल प्रतिबद्धता हो। हामी हाम्रा बिरामीहरूको तत्काल आवश्यकताहरू मात्र नभई चिकित्सा विज्ञानको फराकिलो परिदृश्यमा पनि योगदान गर्दै, ग्राउन्डब्रेकिंग अनुसन्धानको अग्रभागमा रहन प्रयास गर्छौं।

दृष्टि

भविष्यको परिकल्पना गर्दै जहाँ आघात हेरचाह एक अभ्यास मात्र होइन तर एक गतिशील, विकसित क्षेत्र हो, हाम्रो दृष्टि अग्रगामी परिवर्तनकारी दृष्टिकोणहरू हो। हामी अत्याधुनिक अनुसन्धान, नवीन विधिहरू, र विशेष प्रशिक्षण मार्फत आघात हेरचाहको प्रक्षेपणलाई आकार दिन चाहन्छौं, अन्ततः हामीले सेवा गर्नेहरूका लागि परिणामहरू र समग्र जीवनको गुणस्तर सुधार गर्ने।

उद्देश्य र लक्ष्यहरू

  • चिकित्सा विज्ञानमा युवाहरूमा अनुसन्धान र नवीनता बढाउन।
  • अनुसन्धान पूर्वाधार निर्माणमा जारी राख्न र अनुसन्धान सम्बन्धी कार्यक्रमहरू र उद्यमहरूको विकासलाई समर्थन गर्न।
  • प्रस्ताव लेखन, साहित्य समीक्षा, पद्धति, बायोस्ट्याटिस्टिक्स, नतिजा व्याख्या र छलफल जस्ता अनुसन्धान पेपर लेखनमा तालिम र क्षमता अभिवृद्धि प्रदान गर्ने।
  • सरासर विविधता सुनिश्चित गर्दै अनुसन्धानको क्षेत्रमा सहभागीहरूलाई पहिचान, भर्ती र तालिम दिन।
  • सदस्य र सहभागीहरू बीचको भर्ती, अवधारण र दिन-प्रतिदिन अन्तरक्रियामा विविधता र समावेशीकरणमा ध्यान केन्द्रित गर्न।
  • आन्तरिक साझेदारहरू, सरकारी र निजी स्वास्थ्य सम्बन्धित संस्थाहरूसँग सहकार्य बढाउन।
  • बलियो अन्तर्राष्ट्रिय साझेदारी अवसरहरू पछ्याउन
  • अनुसन्धानमा संकायको बुझाइ र ज्ञान बढाउन